राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु
नुवाकोट : खेल क्षेत्रको विकास र विस्तारका लागि नुवाकोटको बट्टारमा प्रथम मुख्यमन्त्री कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। सो प्रतियोगिताको पहिलो दिन एक सय खेलाडी दोस्रो चरणमा प्रवेश गरेका छन्।
नुवाकोटमा पहिलो पटक जिल्ला खेलकुद विकास समिति नुवाकोटको आयोजनामा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको हो। प्रतियोगिताको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले उद्घाटन गरे।
उनले खेलाडीहरूको पहिचान र क्षमता प्रदर्शनमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए। खेलबाट खेलाडीहरूको शारीरिक, मानसिक स्थिति मजबुत हुनुका साथै खेलकुद गतिविधि चलायमान भएको बताए।
यही वैशाख २३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा विभिन्न सात इभेन्टमा प्रतियोगिता गराइने नुवाकोट ब्याडमिन्टन संघका अध्यक्ष धनसिंह तामाङले बताए।
प्रतिक्रिया दिनुहोस !