किताबमा लेख्दैमा गणतन्त्र बाँच्दैन : सांसद कार्की

किताबमा लेख्दैमा गणतन्त्र बाँच्दैन : सांसद कार्की
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कार्कीले नीति तथा कार्यक्रमको निलो किताबको पहिलो बुँदामा नै गणतन्त्रलाई संस्थागत गर्ने र यसका विरुद्धलाई कारवाही गर्ने उल्लेख गरिएको भन्दै निलो किताबमा लेखेर मात्रै गणतन्त्र नबाँच्ने बताएका हुन्।

उनले आफूहरूको आन्दोलनबाट डराएर सरकारले नीति तथा कार्यक्रममा गणतन्त्रलाई संस्थागत गर्ने उल्लेख गरेकाले यो सरकारको कायरपन भएको तर्क गरिन्। कार्कीले आफ्ना मुद्दाहरूलाई अघि बढाउन खोज्दा नेताहरूलाई हतकडी लगाएको भन्दै आक्रोश व्यक्त गर्दै कार्की गिरिबन्धु टि–इस्टेट र ललिता निवासका भ्रष्टाचारीलाई हतकडी लगाउन चुनौति समेत दिइन्।

उनले आफू फस्ने डरले सरकारले चैत्र १५ गते भएको घटनाको न्यायिक छानविन गठन गर्न तयार नभएको बताइन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.