सुदूरपश्चिमका मुख्यमन्त्री शाह र उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथ बीच भेटवार्ता
टीकापुर : साताव्यापी लामो भारत भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बीच भेटवार्ता भएको छ।
सोमवार मुख्यमन्त्री शाह र योगी आदित्यनाथ बीच लखनऊस्थित सरकारी निवासमा भेटवार्ता भएको हो। बैशाख १६ गतेदेखि भारत भ्रमणमा रहेका मुख्यमन्त्री शाहसहित १० सदस्यीय प्रतिनिधि मण्डलले योगी आदित्यनाथसँग भेटवार्ता गरेको हो।
मुख्यमन्त्री शाहले भ्रमण क्रममा यसअघि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी र विभिन्न विभागीय मन्त्रीहरूसँग भेटवार्ता गरिसकेका छन्। भेटवार्तामा दुवै मुख्यमन्त्रीहरू बीच आपसी हित, विकास निर्माणमा सहकार्य तथा सुदूरपश्चिम प्रदेशको विकास निर्माण भारतीय सहयोगबारे छलफल भएको बताइएको छ।
सुदूरपश्चिम र उत्तरप्रदेशबीच सीमा क्षेत्रमा हुने गतिविधि तथा भारतको तिकुनियाँबाट सीमावर्ती खक्रौलासम्मको सडक निर्माणका विषयमा समेत छलफल भएको भ्रमण टोलीमा रहेका मुख्यमन्त्री शाहका राजनीतिक सल्लाहकार डाक्टर जितेन्द्र उपाध्यायले बताए।
प्रतिक्रिया दिनुहोस !