'रास्वपाले सरकारी सेवामा इन्टर्न राख्नुपर्छ भन्दा उल्लिबिल्ली गरियो, सरकारले फेरि त्यही ल्यायो'
काठमाडौं : रास्वपाका सांसद स्वर्णिम वाग्लेले दुई तिहाइको सरकारको लय, चरित्र, सामर्थ्य र ऐतिहासिकता हेर्दा सत्तारुढ दलभित्रै निराशा देखिएको बताएका छन्। मंगलबार प्रतिनिधिसभामा २०८२/०८३ को सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद वाग्लेले दुई तिहाइको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै यो कुरा औपचारिक रुपमा सत्तारुढ दलभित्रकै नेताहरूले स्वीकार गरिसकेको बताए।
उनले गत वर्ष सरकारी सेवामा इन्टर्नहरू राख्ने प्रस्ताव रास्वपाका मन्त्रीहरूले राख्दा उल्लिबिल्ली गरिएको र अहिले सरकारले त्यही विषयलाई आफ्नो नीति तथा कार्यक्रममा समेटेको बताए।
'गत वर्ष सरकारी सेवामा इन्टर्नहरू राख्ने प्रस्ता हाम्रै मन्त्रीहरू राख्दा उल्लिबिल्ली गरियो। अहिले सरकारले फेरि त्यही प्रस्तावलाई नीति तथा कार्यक्रममा राखेको छ,'उनले भने,'दुई तिहाइको सरकारले इन्टर्नसिर्टनको कुरा गर्दाखेरी नसुहाउने । यो नियमित काम हो। गरेर देखाए भइहाल्यो नि।'
२०८२/८३ को सरकारको नीति तथा कार्यक्रममा स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न राख्ने उल्लेख छ। त्यस्तै स्नातकभन्दा माथिल्लो तहका विद्यार्थीलाई अनुसन्धानमूलक काममा आबद्ध गराउने र हप्ताको २० घन्टाको ज्याला पनि निर्धारण गरिने सरकारको नीति रहेको छ।
प्रतिक्रिया दिनुहोस !