आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्छ : राष्ट्रपति

आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन स्वास्थ्य सेवाको गुणस्तर वृद्धि गर्नुपर्छ : राष्ट्रपति
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन ध्यान केन्द्रीत गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको २३ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनका साथै स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्न ध्यान केन्द्रित गर्नुपर्ने बताए।

राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउनकै लागि भएको उनले बताए । राष्ट्रपति पौडेलले देशको स्वास्थ्य शिक्षामा गुणात्मक सुधारसँगै दक्ष र विज्ञ चिकित्सकहरू नेपालमै उत्पादन हुनु खुसीको विषय भएको धारणा राखे।

उनले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सकहरू विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएकाले यसलाई रोक्न सम्बद्ध पक्षले उपर्युक्त कदम चाल्नुपर्ने उल्लेख गरे।

उनले यस प्रतिष्ठानले आगामी दिनमा सेवा क्षेत्रलाई थप व्यापक बनाउन,स्वास्थ्य सेवामा नवप्रवर्तन र अनुसन्धानलाई प्रोत्साहन गर्न निरन्तर सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा प्रा.डा.सुदीपकुमार भट्टचार्यलाई सम्मान गर्नुका साथै विभिन्न विधाका पुरस्कार वितरण गरिएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.