नेता नेपालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

नेता नेपालको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले प्रदीप नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आफ्नो सहयोद्धासमेत रहेका नेता नेपालको निधनले पीडाबोध भएकासमेत बताए। 'नेकपा (एमाले)को निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नुभएका, नेपाली कम्युनिष्ट आन्दोलनका प्रखर नेता, प्रगतिशील साहित्य लेखनमा सञ्जय थापाको छुट्टै परिचय बनाउनुभएका मेरा सहयोद्धा प्रदीप नेपालको निधनले पीडाबोध भएको छ,' उनले भनेका छन्, 'उहाँसँग विभिन्न जिम्मेवारीमा सहकार्यका दिनहरू झल्झली सम्झना आइरहेका छन्।'

प्रधानमन्त्री ओलीले प्रदीप नेपाल र उनको योगदानलाई आफूहरूले सधैं सम्झिरहने बताए। केही वर्षदेखि पार्किन्सन रोगबाट पीडित नेता नेपालको आज उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.