भारत भ्रमण निकै उपलब्धीमुलक : मुख्यमन्त्री शाह

भारत भ्रमण निकै उपलब्धीमुलक : मुख्यमन्त्री शाह
सुन्नुहोस्

धनगढी : भारतको एक हप्ता लामो भ्रमण सकेर मंगलबार अपरान्ह स्वदेश फर्केका सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रमण निकै फलदायी भएको बताएका छन्। 

गौरीफन्टा नाका हुँदै स्थलमार्गबाट स्वदेश फर्केका मुख्यमन्त्री शाहले, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मंगलबार अपरान्ह पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन्।  ‘भारतको राजधानी दिल्ली, उत्तराखण्ड र उत्तरप्रदेशका विभिन्न स्थानको अवलोकन भ्रमण गरियो, कृषि, पर्यटन, जलस्रोत, सीमा सुरक्षा, सीमा क्षेत्रका समस्याका बारेमा समकक्षीहरूसँग छलफल भयो’, मुख्यमन्त्री शाहले भने।

सुदूरपश्चिमको विकासका लागि भारतीय पक्ष सकारात्मक रहेको पनि मुख्यमन्त्री शाहको भनाइ थियो। ‘दार्चुलाको पुल छिटो सञ्चालनका लागि उत्तराखण्डका मुख्यमन्त्रीलाई आग्रह गरेका छु। उहाँले छिट्टै पुल सञ्चालन गराउने प्रतिबद्धता गर्नुभएको छ। जोगबुडा र झुलाघाटको पुलको कुरा पनि गरेको छौं। त्यसमा भारतीय पक्ष सकारात्मक छ’, मुख्यमन्त्री शाहले भने।

मुख्यमन्त्री शाहले भारतीय विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंह, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्कर सिहं धामी र अन्य मन्त्रीहरू सित भेटवार्ता गरेको बताए। भेटका क्रममा पुरानै योजना कार्यान्वयन र सुदुरपश्चिमको कृषि तथा पर्यटनको विकासबारे छलफल भएको उनको भनाइ थियो।

मुख्यमन्त्री शाहले सीमा–सुरक्षाका साथै आप्रवासी नेपालीको हित प्रवर्द्धन, कृषि एवं धार्मिक सांस्कृतिक सहकार्य, पर्यटन प्रवर्द्धन, ज्ञान तथा प्रविधिमा सहकार्य र ऊर्जामा सम्भावित लगानीका विषयमा संवाद भएको बताए।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगको भेटमा खक्रौला–तिकुनिया र कञ्चनपुरको बेलौरी–खजुरिया सडक स्तरोन्नतिका लागि आग्रह गरिएको मुख्यमन्त्री शाहले बताए। 

मुख्यमन्त्री शाहले सुदुरपश्चिमका सीमा नाकाहरूमा लागुऔषधको व्यापार रोक्न पनि आग्रह गरिएको बताए। भ्रमणले भारतका प्रदेशहरूमा लागू भएका योजना अनुगमनबाट सिकाइको अवसर प्राप्त भएको उनको दाबी थियो। 

उनले उत्तराखण्डका मुख्यमन्त्री धामी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सुदूरपश्चिम भ्रमणको निम्तो समेत दिएको बताए। ‘दुवै जनाले आउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ’ मुख्यमन्त्री शाहले भने।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.