प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला

प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार बनेको हो : सिटौला

रामेछाप : पूर्वगृहमन्त्री नेपाली कांग्रेसका नेता एवं राष्ट्रियसभाका सांसद कृष्णप्रसाद सिटौलाले प्रचण्डले धोका दिएकै कारण वर्तमान सरकार निर्माण भएको बताएका छन् ।

बुधबार नेपाली काँग्रेस रामेछाप नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्न आएका सिटौलाले मन्थलीमा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसलाई धोका दिएको बताएका हुन्।

नेपाली काँग्रेससँग गठबन्धन गरेर सरकारको नेतृत्व गरेका प्रचण्डले काँग्रेसलाई नै धोका दिएपछि सरकार परिवर्तनको वातावरण निर्माण भएको उनले बताए । संविधान संशोधन प्रक्रिया अगाडि बढिरहेको र सबै दलको सहमति जुटाएर गरिने पनि सिटौलाले जानकारी दिए । 

नेपाली काँग्रेसले पूर्णरुपमा समर्थन गरेर वर्तमान सरकार निर्माण भएकोले काँग्रेसबाट विश्वासघात नहुने सिटौलाले स्पष्ट पारे । आगामी निर्वाचनसम्म नेपाली काँग्रेस र एमालेबीच भएको सहमतिअनुसार नै गठबन्धन कायम रहने उनले बताए । प्रतिपक्षी दलहरूले हल्ला गरे जस्तो गठबन्धनमा समस्या नभएको सिटौलाको भनाइ छ।

आगामी निर्वाचनमा संगठन मजबुत बनाएर नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनसमेत कार्यकर्तालाई सिटौलाले निर्देशन दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.