नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। भारत-पाकिस्तानबीच तनाव बढेपछि नेपालले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाएको हो। सिंहदवारमा बुधबार गृहमन्त्री रमेश लेखको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा  छलफल भएको थियो।

गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन्।

गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले पनि सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउने विषयमा छलफल भएको बताए। 'सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन मन्त्रीज्युले निर्देशन दिनुभएको छ,' उनले भने।

भारतले पाकिस्तानमाथि आक्रमण गर्दा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा परी कम्तीमा ४६ जना घाइते भएको विभिन्न एजेन्सीहरूले उल्लेख गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सुरक्षा परिषद्को बैठक बोलाएका छन्। नेपालको सुरक्षा रणनीतिका विषयमा छलफल गर्न उनले सुरक्षा परिषद्को बैठक बोलाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ। बैठक सिंहदरवारमा बसिरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.