सुरक्षा परिषद् बैठक : भारत-पाकिस्तानको तनावले उत्पन्न गर्नसक्ने सम्भावित चुनौतीबारे छलफल

सुरक्षा परिषद् बैठक : भारत-पाकिस्तानको तनावले उत्पन्न गर्नसक्ने सम्भावित चुनौतीबारे छलफल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत-पाक तनावका कारण विकसित घटनाक्रमका विषयमा छलफल गरेका छन्। सुरक्षा परिषद्को बैठक बोलाएर प्रधानमन्त्री ओलीले बुधबार सो विषयमा छलफल गरेका हुन्। 

स्रोतका अनुसार बैठकमा भारत-पाकिस्तानबीच बढिरहेको तनाव र त्यसले नेपालमा सिर्जना गर्ने सम्भावित चुनौतीका विषयमा छलफल भएको थियो। बैठकमा नेपालले अपनाउनुपर्ने संयमता र सुरक्षा रणनीतिका विषयमासमेत छलफल भएको स्रोतको भनाइ छ।  

नेपाल-भारत सीमा क्षेत्रको सुरक्षाका बारेमा समेत छलफल भएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो सुरक्षा अवस्था र भारत-पाकिस्तान तनावपछि नेपालले अपनाउनुपर्ने संयमताका बारेमा ब्रिफिङ गरेको स्रोतले बताएको छ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याल र प्रधानसेनापति अशोकराज सिग्देलसँग विकसित घटनाक्रमका विषयमा छलफल गरेका हुन्। यसअघि गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा यस विषयमा छलफल भएको थियो।

गृहमन्त्री लेखकले बुधबार तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर सीमा क्षेत्रको सुरक्षाका विषयमा छलफल गरेका थिए। भारत-पाक तनावले नेपालमा पार्नसक्ने असर कम गर्न गृहमन्त्री लेखकले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।

भारतले पाकिस्तानमाथि गरेको आक्रमणमा २६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्। भारतले आतंकवाद लक्षित पाकिस्तानका विभिन्न ९ क्षेत्रमा क्षेप्यास्त्र प्रहार गरेको थियो।

भारतले सिन्दुर अप्रेसनअन्तर्गत उक्त आक्रमण गरेको थियो। भारतले आतंकवादविरुद्ध विश्वले शून्य सहनशीलता देखाउनुपर्ने बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.