नेता प्रदीप नेपालको निधनप्रति संसदबाट शोक प्रस्ताव पारित

नेता प्रदीप नेपालको निधनप्रति संसदबाट शोक प्रस्ताव पारित
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकले पूर्वमन्त्री प्रदीप नेपालको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।  

सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको शोक प्रस्तावलाई बैठकको सर्वसम्मतले पारित गरेको हो। बैठकले स्वर्गीय नेपालको निधनप्रति शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। प्रतिनिधिसभा सदस्यहरुले शोक व्यक्त गर्दै एक मिनेट मौन धारणा गरेका थिए।

पूर्वमन्त्री नेपाल नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व, नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा तथा साहित्यकार थिए। उनको ७१ वर्षको उमेरमा काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा मंगलबार निधन भएको थियो। 

उनी पहिलोपटक एमालेबाट २०५० सालमा राष्ट्रियसभामा निर्वाचित भएका थिए। विसं २०५६ मा काठमाडौं जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.