सुनको मूल्य फेरि बढ्यो,तोलाको कतिमा हुँदैछ कारोबार ?
काठमाडौं : स्थानीय बजारमा बिहीबार सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज ६ सय रुपैयाँले बढेको हो।
आज तोलाको १ लाख ९२ हजार २०० कायम भएको छ। बुधबार एक तोला सुनको मूल्य १ लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
चाँदी मूल्य भने घटेको छ। चाँदी एक तोलाको १ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। बुधबार भने १ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
प्रतिक्रिया दिनुहोस !