अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित

अमेरिकाका रोबर्ट प्रिभोस्ट नयाँ पोपमा निर्वाचित
सुन्नुहोस्

भ्याटिकन : भ्याटिकनमा आयोजित पोप कन्क्लेभको दोस्रो दिन नयाँ पोपको निर्वाचन गरिएको छ। ६९ वर्षीय रोबर्ट फ्रान्सिस प्रिभोस्ट नयाँ पोप निर्वाचित भएका छन्। उनी अमेरिकाबाट पोप बन्ने पहिलो कार्डिनल हुन्। उनले आफ्नो लागि पोप लियो-१४ नाम रोजेका छन्।

उनी १३३ कार्डिनलहरूको दुई तिहाइ बहुमतबाट पोप निर्वाचित भएका हुन्। सन् १९०० पछि दुई दिनमा नयाँ पोपको निर्वाचन भएको यो पाँचौं पटक हो।

मतदानको दोस्रो दिन रोमन क्याथोलिक चर्चको सिस्टिन चैपलको चिम्नीबाट सेतो धुवाँ निस्किएको थियो जसले नयाँ पोप चयन भएको संकेत गर्‍यो।

नयाँ पोप चयन हुने बित्तिकै भ्याटिकनमा उपस्थित ४५ हजारभन्दा बढी मानिसहरूले ठूलो स्वरमा ताली बजाएर एकअर्कालाई बधाई दिएका थिए। यसअघि मे ७ मा भएको पहिलो मतदानमा कोही पनि पोप निर्वाचित भएनन्।
 
पोप निर्वाचित भएपछि पोप लियो-१४ ले सेन्ट पिटर बासिलिकाको बाल्कोनीबाट स्पेनी भाषामा मानिसहरूलाई सम्बोधन गरे। उनले मानिसहरूलाई अरूप्रति दया देखाउन र प्रेमका साथ बाँच्न अपील गरे।

उनले भने, 'म फ्रान्सिसको उत्तराधिकारीको रूपमा मलाई रोज्ने सबै कार्डिनलहरूलाई धन्यवाद दिन चाहन्छु।'
 
पोप लियोको जन्म सेप्टेम्बर १४, १९५५ मा अमेरिकाको इलिनोइसमा भएको थियो। उनलाई पोप फ्रान्सिसको नजिकको सहयोगी मानिन्छ। उनको विचारधारा पनि पोप फ्रान्सिससँग मेल खान्छ।  


 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.