जम्मू कश्मीरका मुख्यमन्त्रीले भने– पाकिस्तानले स्थिति बिगार्‍यो, बन्दुक बन्द गर्नु

जम्मू कश्मीरका मुख्यमन्त्रीले भने– पाकिस्तानले स्थिति बिगार्‍यो, बन्दुक बन्द गर्नु
सुन्नुहोस्

काठमाडौं : भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानमाथि स्थिति बिगारेको आरोप लगाएका छन्। उनले पाकिस्तानलाई आफ्ना बन्दुकहरू बन्द गर्न पनि सल्लाह दिएका छन्।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री अब्दुल्लाहले भने,‘सबैभन्दा ठुलो कुरा के हो भने  पाकिस्तानले जम्मू सहरमा सर्वसाधारणलाई लक्षित गरेर ड्रोन आक्रमण गर्‍यो। मलाई लाग्दैन कि १९७१ को युद्ध पछि जम्मू सहरलाई कहिल्यै यसरी लक्षित गरिएको छ।’ 

मुख्यमन्त्री अब्दुल्लाहले भारतीय सुरक्षा बलले सबै ड्रोनलाई निष्क्रिय पारेको र एउटा पनि ड्रोन लक्ष्यमा पुग्न नसकेको बताए। उनले भने,‘पाकिस्तानले कश्मीरको अनन्तनागमा रहेको गोलाबारुद डिपोलाई पनि निशाना बनाउने प्रयास गरे। तर पाकिस्तान त्यसमा पनि असफल भए।’

मुख्यमन्त्री अब्दुल्लाहले भारतले यो अवस्थाको सिर्जना नगरेको बताए। पहलगाममा आक्रमण गरेर निर्दोष मानिस मारिएको उनले बताए। आफूहरूले त्यसको जवाफ दिनुपरेको उनले बताए।  

उनले भने,‘पाकिस्तानले यसलाई बढाउन खोजिरहेको छ। यसमा पाकिस्तानलाई कुनै फाइदा छैन, न त उसलाई कुनै सफलता मिल्नेछ। उसले आफ्नो बन्दुक चुप लगाएको भए राम्रो हुने थियो।’

मुख्यमन्त्री अब्दुल्लाहले हिजो राति भएको घटनाले पाकिस्तानले आफ्नो तर्फबाट बिगार्न खोजिरहेको बताए। अब पाकिस्तानले सबैभन्दा बढी क्षति भोग्नुपर्ने उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.