पाकिस्तानी गोलीबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु

पाकिस्तानी गोलीबारीमा जम्मू कश्मीरका एक अधिकारीको मृत्यु
सुन्नुहोस्

जम्मू कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानबाट भएको गोलीबारीमा एक अधिकारीको मृत्यु भएको छ।

उनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेर उक्त कुरा जनाएका हुन्। उनले भने, 'राजौरीबाट दुखद खबर। हामीले जम्मू कश्मीर प्रशासनिक सेवाका एक समर्पित अधिकारी गुमाएका छौं। हिजो मात्र उनी उपमुख्यमन्त्रीसँग जिल्लामा थिए र मेरो अध्यक्षतामा भएको अनलाइन बैठकमा भाग लिए।'

उमर अब्दुल्लाहले राजौरी शहरमा पाकिस्तान तर्फबाट गोलीबारी भइरहेको जनाएका छन्।

उनले लेखेका छन्, 'आज पाकिस्तानले गरेको गोलाबारीबाट राजौरी शहरलाई निशाना बनाइएको थियो। यस क्रममा अतिरिक्त जिल्ला विकास आयुक्त राजकुमार थापाको घर निशाना बन्यो र आक्रमणमा उनको मृत्यु भयो।' 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.