भारत र पाकिस्तानबीच युद्ध सकियो, दुवै देशका डीजीएमओले फेरि वार्ता गर्ने

भारत र पाकिस्तानबीच युद्ध सकियो, दुवै देशका डीजीएमओले फेरि वार्ता गर्ने
सुन्नुहोस्

काठमाडौं : भारत र पाकिस्तानबीच युद्धविराम भएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले आज दिउँसो ३ः३५ बजे दुई देशका महानिर्देशक (डीजीएमओ)हरूबीच कुराकानी भएको जानकारी दिए। 

मिश्रीका अनुसार दुवै देशले साँझ ५ बजेदेखि हवाई, जल र जमिनमा आक्रमण रोक्ने निर्णय गरेका छन्। योसँगै दुई देशबीच युद्धविरामको घोषणा भएको छ।   

मिश्रीले मे १२ (सोमबार) दुवै देशका अधिकारीहरूले थप रणनीतिबारे छलफल गर्ने बताए।  

अमेरिकी राष्ट्रपतिको पहल  

अमेरिकाको मध्यस्थतामा लामो वार्तापछि भारत र पाकिस्तान युद्धविराममा सहमत भएका छन्।   

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै  यसबारे जानकारी दिए। यो कदम भारत र पाकिस्तानबीचको सीमामा निरन्तर ड्रोन आक्रमण,  गोलाबारी र तनावपूर्ण अवस्था भएका  समयमा उठाइएको हो। जसले क्षेत्रीय र विश्वव्यापी स्तरमा चिन्ता बढाएको थियो।  

यसैबीच, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा भारत र पाकिस्तानले तत्काल लागू हुने गरी युद्धविराममा सहमति भएको जानकारी दिए।  उनले पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.