भारत र पाकिस्तानबीचको युद्धविरामबारे कसले के भने ?

भारत र पाकिस्तानबीचको युद्धविरामबारे कसले के भने ?
सुन्नुहोस्

काठमाडौं : भारतका विदेशमन्त्री एस जयशंकरले शनिबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भारत र पाकिस्तान आज गोलीबारी र सैन्य कारबाही रोक्न सहमत भएको बताएका छन्।

विदेशमन्त्री एस जयशंकरले आफ्नो पोस्टमा लेखेका छन्,‘भारतले सबै प्रकारका आतंकवाद विरुद्ध निरन्तर कडा र अटल अडान लिएको छ। यो जारी रहनेछ।’

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच तत्काल पूर्ण युद्धविरामको सम्झौता भएको बताए।  

पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पनि युद्धविराममा सहमति भएको पुष्टि गरे।

भारतका विदेश सचिवले के भने ?

युद्धविराममा भएको सम्झौताको बारेमा जानकारी दिँदै भारतका विदेश सचिव विक्रम मिश्रीले दुवै पक्षले सैन्य कारबाही र गोलीबारी रोक्न निर्देशन जारी गरेका छन्।

उनले भने, ‘पाकिस्तानको सैन्य अपरेशनका महानिर्देशकले आज दिउँसो ३ः३५ बजे आफ्नो भारतीय समकक्षीलाई फोन गरे। आज साँझ ५ बजेदेखि दुवै पक्षले जमिन, समुद्र र हवाई फायरिङ बन्द गर्ने सहमति भएको छ।’

उनले दुवै देशका सैन्य अपरेशनका महानिर्देशकले सोमबार फेरि वार्ता गर्ने बताए।  

डोनाल्ड ट्रम्पले के भने ?

शनिबार डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्टमा भनेका छन्,‘भारत र पाकिस्तान पूर्ण तत्काल युद्धविराममा सहमत भएका छन्।’

ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा पोस्टमा भने, ‘संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा लामो समयसम्मको वार्ता पछि म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्।’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जालमा पोस्ट गर्दै भारत र पाकिस्तानले व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएको बताए।

उनले लेखे,‘भारत र पाकिस्तानले तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा छलफल गर्न सहमत भएका छन्।’

उनले लेखे,‘हामी शान्तिको बाटो रोज्ने सन्दर्भमा प्रधानमन्त्री मोदी र शरीफको बुद्धिमत्ता, विवेक र कूटनीतिको कदर गर्छौं।’

पाकिस्तानका उपप्रधानमन्त्रीले के भने ?

यसैबीच, पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले पाकिस्तान र भारत पूर्ण तत्काल युद्धविराममा सहमत भएको बताए।   

इशाक दारले भने,‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराममा सहमति जनाएका छन्। पाकिस्तानले सधैं आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी यस क्षेत्रमा शान्ति र सुरक्षा चाहेको छ।’

भारत र पाकिस्तानबीच पछिल्लो २४ घण्टामा तनाव निरन्तर बढिरहेको र भारतले पाकिस्तानमाथि लामो दूरीको उच्च गतिको क्षेप्यास्त्र प्रयोग गरेको समयमा युद्धविराम सम्झौताको खबर आएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.