भारतीय सेनाले भन्यो– युद्धविराम सम्झौताको पालना गर्छौं, तर सतर्क रहनेछौँ
काठमाडौं : भारतीय सेनाले आफू सतर्क रहने बताएको छ। भारत र पाकिस्तानबीच युद्धविराम सम्झौताको घोषणा भएपछि रक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो।
भारतीय सेनाका अधिकारी कमोडोर आर रघु नायरले भने,‘सेना युद्धविराम सम्झौताको पालना गर्नेछ। तर सेना भारतको सार्वभौमसत्ता कायम राख्न सतर्क रहनेछ।’
यसैबीच विङ कमाण्डर व्योमिका सिंहले पाकिस्तानले भ्रामक प्रचार अभियान चलाउन धेरै प्रयास गरेको बताएकी छन्।
विङ कमाण्डर व्योमिका सिंहले भारतीय सेनाले आक्रमणमा मस्जिदहरूलाई निशाना बनाएको पाकिस्तानको आरोपलाई अस्वीकार गरेकी छन्।
उनले भनिन्,‘हामी सबै धर्मका धार्मिक स्थलहरूको सम्मान गर्छौं।’
उनले भारतीय सेनाले आतंकवादी शिविर र भारत विरोधी गतिविधिका लागि प्रयोग गरिँदै आएको ठाउँलाई निशाना बनाएको बताए। उनले भारतीय सेनाले कुनै पनि धार्मिक स्थललाई निशाना नबनाएको पनि बताइन्।
प्रतिक्रिया दिनुहोस !