युक्रेनलाई प्रत्यक्ष वार्तामा आउन पुटिनको आह्वान
मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई प्रत्यक्ष वार्ता गर्न आह्वान गरेका छन्। उनले मे १५ देखि ढिलाइ नगरी वार्ता सुरु गर्नुपर्ने बताएका छन्।
उनले द्वन्द्वको मूल कारणहरू हटाउन र दिगो, बलियो शान्तितर्फ अघि बढ्न बलियो वार्ता गर्न चाहेको बताएका छन्।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले चेतावनी दिंदै युद्धविरामको दबाब दिने प्रयास गर्नु एकदमै बेकार भएको जनाएका थिए।
पुटिनले वार्ता टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा गर्ने प्रस्ताव गरेका छन्। उनले रूस र युक्रेनले नयाँ युद्धविराममा सहमति जनाउन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताएका छन्।
रुसी नेताले आइतबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग यसबारे विस्तृत छलफल गर्न जनाएका छन्।
प्रतिक्रिया दिनुहोस !