छत्तीसगढको रायपुर नजिकै सडक दुर्घटनामा १३ जनाको मृत्यु

छत्तीसगढको रायपुर नजिकै सडक दुर्घटनामा १३ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : भारतको छत्तीसगढको राजधानी रायपुरबाट करिब ३० किलोमिटर टाढा रहेको बाङ्गोलीमा भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

आइतबार राति भएको दुर्घटनामा मृत्यु हुने सबै बच्चा जन्मिएपछि आयोजित छठी महोत्सवबाट फर्किरहेका थिए।

जिल्ला कलेक्टर गौरव सिंहले बीबीसीलाई भने, ‘खरोराको बाना गाउँमा पारिवारिक कार्यक्रमबाट मानिसहरू फर्किरहेका थिए। मृतकहरू सबै माज्दा कारमा सवार थिए। ठुलो ट्रेलर गाडीसँग ठोक्कियो। अहिलेसम्म १३ जनाको मृत्यु भएको खबर आएको छ।’

दुर्घटनामा एक दर्जनभन्दा बढी गम्भीर घाइते भएका छन्। उनीहरूलाई रायपुरको सरकारी अस्पतालमा भर्ना गरिएको छ।

प्रहरीका अनुसार चटौड गाउँका करिब ५० जना खरोरा बाना गाउँमा पारिवारिक कार्यक्रममा गएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.