इजरायली-अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास

इजरायली-अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्दै हमास
सुन्नुहोस्

हमासले इजरायली-अमेरिकी बन्धक एडेन अलेक्ज्याण्डरलाई रिहा गर्ने बताएको छ। एडेन अलेक्ज्याण्डर गाजामा हमासद्वारा बन्धक बनाइएका अन्तिम जीवित अमेरिकी नागरिक हुन्। 

यसलाई हमासले युद्धविराम सम्झौतामा पुग्ने प्रयास भनेको छ। हमासले बन्दक रिहाइले गाजाका जनतालाई मानवीय सहायता प्रदान गर्न मद्दत गर्ने बताएको छ।

विगत ७० दिनदेखि इजरायलले गाजामा मानवीय सहायता रोकेको छ।

प्यालेस्टिनी सैन्य समूह कतारमा अमेरिकी प्रशासनका एक अधिकारीसँग प्रत्यक्ष वार्तामा रहेको बीबीसी समाचारमा उल्लेख छ।

यसैबीच इजरायलको प्रधानमन्त्री कार्यालयले अमेरिकाले इडेन अलेक्ज्याण्डरको रिहाइको बारेमा पहिले नै जानकारी गराएको बताएको छ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म 'ट्रुथ सोशल' मा एडन अलेक्ज्याण्डरको रिहाइको पुष्टि गरेका छन्।

एडन अलेक्ज्याण्डरको जन्म इजरायलको तेल अभिभमा भएको थियो तर उनी अमेरिकाको न्यु जर्सीमा हुर्किएका थिए।

२१ वर्षीय अलेक्ज्याण्डर गाजा सीमामा रहेको विशेष सैन्य एकाइमा काम गर्थे। उनलाई अक्टोबर ७ मा हमासले पक्राउ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.