बाजुराको बुढीगंगा नगरपालिकामा अत्याधुनिक प्रशासकीय भवन निर्माण

बाजुराको बुढीगंगा नगरपालिकामा अत्याधुनिक प्रशासकीय भवन निर्माण
सुन्नुहोस्

बाजुरा :  बाजुराको बुढीगंगा नगरपालिकामा अत्याधुनिक प्रशासकीय भवनको औपचारिक रूपमा उद्घाटन गरिएको छ। पूर्वमन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले सोमबार उक्त भवन उद्घाटन गरेका हुन्। 

कुल १० करोड ५५ लाख ५३४ रुपियाँ खर्च गरिएको भवनमा सुविधासम्पन्न २४ कोठा रहेका छन्। जसमा बहुउद्देश्यीय सभा हल पनि समावेश छ। सेवाग्राहीको पहुँचलाई सहज बनाउन लिफ्ट समेत जडान गरिएको छ। जसले भौतिक पहुँच नभएका नागरिकको हकलाई सुनिश्चित गर्ने प्रयास गरेको जनाइएको छ।

प्रशासकीय भवनको उद्घाटनसँगै नगरपालिकाले १० वटा वडामध्ये ९ वटा वडा निर्माण सम्पन्न गरेर हिजो आइतबार उद्घाटन गरिएको छ भने १० नम्बर वडा निर्माणधीन अवस्थामा रहेको नगरप्रमुख रामबहादुर बानियाँले बताए।  

सोमबार र मंगलबार गरी दुई दिनमा वडाहरुसँगै नगरले सीप विकास केन्द्र र स्वास्थ्य सेवा केन्द्र समेत स्थापना गरेर उद्घाटनसँगै सामाजिक विकासमा नयाँ फड्को मारेको नगर उपप्रमुख माया कुँवर खड्काले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.