एयर इन्डियाको एडवाइजरी जारी, सीमाका केही विमानस्थलमा उडान रद्द

एयर इन्डियाको एडवाइजरी जारी, सीमाका केही विमानस्थलमा उडान रद्द
सुन्नुहोस्

नयाँ दिल्ली : भारत र पाकिस्तानबीच युद्धविराम भएको ३ दिनपछि एयर इन्डियाले यात्रुहरूका लागि एक एडवाइजरी जारी गरेको छ।

एडवाइजरीमा भारतका निजी विमान कम्पनी एयर इन्डिया र इन्डिगोले मंगलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलबाट आफ्ना उडानहरू रद्द गरेको जानकारी दिएका छन्।

एयर इन्डियाले आफ्नो एक्स अकाउन्टमा लेखेको छ, 'पछिल्लो घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै मे १३ मंगलबार जम्मू, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ र राजकोटबाट हुने उडानहरू रद्द गरिएको छ।'

इन्डिगोले मंगलबार जम्मू, अमृतसर, चण्डीगढ, लेह, श्रीनगर र राजकोटबाट आफ्ना उडानहरू रद्द गर्ने जानकारी पनि दिएको छ।

एडवाइजरीमा यात्रुहरूलाई थप जानकारीको लागि एयरलाइन्सको वेबसाइटमा सम्पर्क गर्न भनिएको छ।

भारत र पाकिस्तानबीच चार दिनसम्म चलेको सैन्य झडपपछि मे १० मा युद्धविराममा सहमति भएको थियो।

तर भारतीय सेनाले सोमबार जम्मू कश्मीरको साम्बा सेक्टरमा शंकास्पद ड्रोन देखिएको बताएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.