म्यानमार सीमा नजिकै १० आतंककारी मारिको भारतीय सेनाको दावी

म्यानमार सीमा नजिकै १० आतंककारी मारिको भारतीय सेनाको दावी
सुन्नुहोस्

नयाँ दिल्ली : भारतीय सेनाले बुधबार राति म्यानमार सीमा नजिकै १० आतंककारी मारिको दावी गरेको छ। भारतीय सेनाको पूर्वी कमाण्डले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक पोस्ट गर्दै उक्त कुरा जनाएका हुन्।

पोस्टमा भनिएको छ, 'मणिपुरको चन्देल जिल्लामा आसाम राइफल्सको एक युनिटसँगको भिडन्तमा कम्तीमा दश जना आतंककारी मारिएका छन्।'

भारत-म्यानमार सीमा नजिकै चन्देल जिल्लाको नयाँ समताल गाउँ नजिकै सशस्त्र आतंककारीहरूको आवागमनको बारेमा गुप्तचर सूचनाहरू प्राप्त भएको जनाइएको छ। उक्त सूचनाको आधारमा मे १४ मा आसाम राइफल्सको एकाइले अपरेशन सुरु गरेको उनले जनाएका छन्।

सेनाको पूर्वी कमाण्डले भने, 'अपरेशनको क्रममा, संदिग्ध आतंककारीहरूले सैनिकहरूमाथि गोली चलाएका थिए, जवाफमा १० आतंककारीहरू मारिए। यस अपरेशनमा ठूलो मात्रामा हतियार र गोला बारुद बरामद गरिएको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.