सरकारका प्रवक्ता भन्छन्- अब तलमाथि हुँदैन, दुई-चार दिनमा नयाँ गभर्नर पाउँछौं

सरकारका प्रवक्ता भन्छन्- अब तलमाथि हुँदैन, दुई-चार दिनमा नयाँ गभर्नर पाउँछौं
सुन्नुहोस्

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले दुई चार दिनभित्रै गभर्नर नियुक्ति हुने बताएका छन्। मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्तासमेत रहेका गुरुङले नियुक्तिमा अब तलमाथि नहुने बताए।

'अब तलमाथि नभइकन हामीले दुई-चार दिनभित्र नयाँ गभर्नर पाउँछौं,' उनले भने। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाइ भएपछि सरकारले चर्को आलोचना भइरहेको छ। सरकारले बजेट ल्याउन तयारी गरिरहँदा पनि महिना दिन बढी बितिसक्दा पनि गभर्नर नियुक्ति नगरेको भन्दै सरकारको आलोचना भइरहेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आज मेरिटअनुसार गभर्नर नियुक्ति हुने बताए। प्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रबैकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा क्षमतावान मान्छे ल्याउने हो। काम गर्न सक्ने मान्छे भए देशलाई भइहाल्छ। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हो तर सरकारका म मात्र छैन। त्यसैले म सकेसम्म मेरिटोक्रेसीलाई महत्त्व दिन्छु।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.