सगरमाथा संवादका लागि काठमाडौं आइपुगे भारतीय मन्त्री यादव

सगरमाथा संवादका लागि काठमाडौं आइपुगे भारतीय मन्त्री यादव

काठमाडौं : भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्द्र यादव नेपाल आइपुगेका छन्। सरकारले आयोजना गर्ने सगरमाथा संवादका लागि मन्त्री यादव बिहीबार काठमाडौं आइपुगेका हुन्।

मन्त्री यादवलाई नेपाली कांग्रेसका नेता ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए। त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै सगरमाथा संवादमा आफू आउन नसक्ने बताएका थिए। बैंककमा आयोजित विमिस्टेक बैठकमा भएको साइडलाइन वार्तामा मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यव्यस्तताका कारण आफू आउन नसक्ने बताएका थिए। 

सरकारले भोलि (शुक्रबार) सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गर्दैछ। संगरमाथा संवाद जेठ ४ गतेसम्म चल्नेछ। नेपालमा जलवायु परिवर्तनले पारेको असर र त्यसको न्यूनीकरणका विषयमा उक्त संवाद केन्द्रित हुने सरकारले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.