गाजामा इजरायली हवाई आक्रमणमा ११४ जनाको मृत्यु, नाकाबन्दीका कारण अवस्था नाजुक

गाजामा इजरायली हवाई आक्रमणमा ११४ जनाको मृत्यु, नाकाबन्दीका कारण अवस्था नाजुक
सुन्नुहोस्

बिहीबार मध्यराती गाजामा भएको इजरायली हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ११४ जना बढी रहेको बीबीसी समाचारमा उल्लेख छ।

हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सी र उद्धारकर्मीहरूले यो रिपोर्ट गरेका हुन्।

इजरायलले १० हप्तादेखि गाजामा राहत सामग्री प्रवेशमा प्रतिबन्ध लगाइरहँदा इजरायलले यी हवाई हमलाहरू गरेको हो।

इजरायलले गाजामा पत्रकारहरूको प्रवेशमा पनि प्रतिबन्ध लगाएको छ।

बच्चाहरू भोकले रोइरहेका छन् र उनीहरूका आमाहरू उनीहरूलाई खुवाउन केही नभएकोले रोइरहेका गाजाकी एक महिलाले बीबीसीलाई बताएकी छन्।

तर इजरायली सरकारले भने गाजामा खाद्यान्नको अभाव नभएको दाबी गरेको छ।

इजरायल र हमासबीचको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो। युद्धविराम सम्झौता भङ्ग भएदेखि इजरायलले गाजामा धेरै हवाई आक्रमण गरेको छ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७, २०२३ देखि गाजामा कम्तीमा ५२,८२९ जनाको मृत्यु भइसकेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.