रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ जारी
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको तर्फबाट दायर भएको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ जारी छ। न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइ भइरहेको छ।
गत बुधबार सर्वोच्चले रिटमाथि सुनुवाइ गर्दै मिश्रलाई थुनामा राख्नुको कारणसहित बन्दीलाई अदालत उपस्थित गराउन आदेश दिएको थियो। सोही आदेशअनुसार मिश्रलाई बिहीबार पनि सर्वोच्चमा उपस्थित गराइएको थियो।
मिश्रको तर्फबाट उनकी श्रीमती सरिका कार्कीले आफ्ना श्रीमानलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै रिट दायर गरेकी हुन्। गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा अराजक गतिविधि गरेको आरोपमा उनी पक्राउ परेका थिए।
उनीसँगै पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा र स्वागत नेपाल छुटिसकेका छन्। दुवैजना हाजिर जमानीमा रिहा भएका हुन्। राजावादीको प्रदर्शनले हिंसात्मक रुप लिँदा एक पत्रकारसहित दुईजनाको ज्यान गएको थियो भने भौतिक संरचनामा ठूलो क्षति भएको थियो।
प्रतिक्रिया दिनुहोस !