आज रुस र युक्रेनबीच शान्तिको बारेम पहिलोचोटी वार्ता हुने
ट्रम्पले भने : पुटिन र मसँगै बसेर कुरा गरेपछि मात्र समाधान निस्कन्छ
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बिहीबार रुसी प्रतिनिधिमण्डलसँग वार्ताका लागि आफ्नो टोली टर्कीको इस्तानबुल पठाउने बताएका छन्। यसको नेतृत्व रक्षामन्त्री रुस्तम उमरोभले गर्नेछन्।
रुस-युक्रेन युद्ध सुरु भएपछि पहिलो पटक दुई देशबीच शान्तिको बारेमा प्रत्यक्ष वार्ता हुन लागेको हो।
जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति एर्दोगानको सम्मान गर्ने भएकाले यो निर्णय लिएको बताए। जेलेन्स्कीले रूसी प्रतिनिधिमण्डलमा निर्णय लिने कोही पनि समावेश नभएको बताएका छन्।
रिपोर्टका अनुसार युक्रेनी र रुसी कूटनीतिज्ञहरूबीच आज इस्तानबुलमा वार्ता हुन सक्छ। यसका लागि रुसी प्रतिनिधिमण्डल इस्तानबुल पुगेको छ। रुसको तर्फबाट पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा एक प्रतिनिधिमण्डल आइपुगेको छ।
पुटिनले गरे वार्तामा भाग लिन अस्वीकार
यसअघि जेलेन्स्की र पुटिन शान्ति वार्तामा सामेल हुने विषयमा कुरा भएको थियो। तर बिहीवार क्रेमलिनले पुटिनले बैठकमा भाग नलिने बताएको छ।
पुटिनले शान्ति वार्तामा भाग नलिने निर्णय गरेपछि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिन र आफूसँगै भएर कुरा गरेपछि मात्र समाधान निस्कने बताएका थिए। उनले भने, 'पुटिन र म सँगै नभएसम्म केही हुनेवाला छ जस्तो मलाई लाग्दै, चाहे तपाईंलाई मन परोस् या नपरोस्। तर हामीले यसलाई समाधान गर्नुपर्छ किनभने धेरै मानिसहरू मरिरहेका छन्।'
यद्यपि क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले आगामी दिनमा पुटिनको ट्रम्पलाई भेट्ने कुनै योजना नभएको बताएका छन्।
भूमि कहिल्यै रुसलाई नदिने जेलेन्स्कीको अडान
जेलेन्स्कीले पहिले नै स्पष्ट रूपमा युक्रेनले हाल रूसी कब्जामा रहेका क्षेत्रहरूलाई रूसको भागको रूपमा कहिल्यै स्वीकार नगर्ने बताएका छन्। उनले शान्ति वार्ता अगाडि बढ्ने तर युक्रेनले आफ्नो भूमिमा सम्झौता नगर्ने पनि बताए। त्यो भूमि युक्रेनको हो र सधैं युक्रेनको नै रहने उनको भनाइ छ।
रुसले बारम्बार युक्रेनका चार क्षेत्र र क्रिमियालाई रुसको हिस्साको रूपमा मान्यता दिन माग गर्दै आएको छ। सन् २०१४ मा रुसले क्रिमियालाई आफ्नो कब्जामा लिएको थियो। पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले पहिले नै युक्रेनले आफ्नो सबै पूर्व क्षेत्रहरू फिर्ता पाउन नसक्ने बताएका गरेका थिए।
जेलेन्स्की युक्रेनविरुद्ध जारी युद्ध अन्त्य गर्न कुनै ठोस कदम नचाले रुसविरुद्ध थप कडा प्रतिबन्ध लगाइने पनि बताए।
अमेरिका र युरोपेली देशहरूले रुसलाई उसले अमेरिका समर्थित ३० दिने निःशर्त युद्धविराम प्रस्तावमा हस्ताक्षर नगरेमा उमाथि नयाँ प्रतिबन्ध लगाइने चेतावनी दिएका थिए।
धेरै युरोपेली देशहरूले पनि यदि रूसले सोमबारसम्ममा लडाईं बन्द नगरे रुसमाथि ठूलो र कडा प्रतिबन्ध लगाउने बताएका छन्। उक्त समयसीमा परिवर्तन गरिएको थियो किनकि यसै हप्ता रूस र युक्रेनबीच बैठक हुन सक्ने आशा थियो।
जेलेन्स्कीले युद्ध अन्त्य गर्न बाटो खोजिरहेको भए पनि युक्रेनको प्रयास मात्र पर्याप्त नहुने बताएका थिए। उनले दबाब दुवै तर्फबाट हुनुपर्ने बताएका छन्।
प्रतिक्रिया दिनुहोस !