सत्यवती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एम्बुलेन्स’ सेवा

सत्यवती गाउँपालिकाले सञ्चालनमा ल्यायो ‘कृषि एम्बुलेन्स’ सेवा
सुन्नुहोस्

गुल्मी : गुल्मीको सत्यवती गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा सुरु गरेको छ। कृषकहरूको उत्पादन बजारसम्म पुर्‍याउन गाउँपालिकाले ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको हो।

कृषकहरूले उत्पादन गरेका तरकारी, दूध लगायतका कृषि उपज बजारसम्म पुर्‍याउन कृषि एम्बुलेन्स नहुँदा उत्पादन खेर जाने गरेको थियो।

कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएसँगै सहज भएको किसानहरूले बताए।  

संघीय सरकार र गाउँपालिकाको साझेदारीमा करिब ३४ लाख रुपैयाँ लागतमा खरिद गरिएको  कृषि एम्बुलेन्समा १५ क्विन्टलसम्मको सामान अटाउने गरेको गाउँपालिकाले जनाएको छ।   

गाउँपालिकाले ‘थाप्ले सत्यवती कृषि बजार समिति’ गठन गरेर एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन गरिरहेको छ। गाउँपालिकामा सक्रिय ६० वटा समूह र ९०० भन्दा बढी कृषकले वार्षिक १० करोडभन्दा बढी मूल्य बराबरको उत्पादन गरिरहेका छन्।  

एम्बुलेन्समार्फत कृषि उपज ढुवानी गर्दा ३ देखि ६ रुपैयाँ प्रतिकिलो भाडा निर्धारण गरिएको छ।  

कृषि उत्पादन समयमै र सुरक्षित रूपमा बजार पुग्न थालेपछि आत्मबल बढेको स्थानीय कृषक खिमानन्द पाण्डेले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.