परराष्ट्रमन्त्री राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता, नेपाल-भारत सम्बन्धबारे छलफल

परराष्ट्रमन्त्री राणा र भारतका वातावरण मन्त्रीबीच भेटवार्ता, नेपाल-भारत सम्बन्धबारे छलफल
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतका वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी मन्त्री भुपेन्दर यादवबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री राणा र सगरमाथा संवादका लागि नेपाल आएका भारतीय मन्त्री यादवबीच शुक्रबार 'साइडलाइन' भेटवार्ता भएको हो।

उनीहरूबीच नेपाल-भारत सम्बन्धका विविध आयामहरूका साथै आपसी, हित र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो। भेटमा मन्त्री राणाले नेपालले अयोजना गरेको सगरमाथा संवादको पहिलो संस्करणमा सहभागी भएकामा भारतीय मन्त्री यादव र भारत सरकारलाई धन्यवाद दिएकी थिइन्।

नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा आज समझ्दारी पत्रमा हस्ताक्षर भएको प्रसंग उल्लेख गर्दै उनीहरूले उक्त सम्झौता दुई देशका लागि यस क्षेत्रको महत्त्वपूर्ण रहेको पनि बताए। नेपाल र भारतबीच पछिल्लो समयमा जारी रहेका द्विपक्षीय भेटवार्ताहरू, औपचारिक बैठक, विविध विषयमा भइरहेका इङ्गेजमेन्टका बारेमा पनि सो बैठकमा कुराकानी भएको थियो। दुई जनाबीच नेपाल-भारतको सम्बन्धबारे छलफल भएको बताइए पनि के कस्तो विषयमा छलफल केन्द्रित रहेको भन्नेबारे खुलाइएको छैन।

जलवायु परिवर्तन नेपाल र भारतको साझा मुद्दा भएकाले यसको असरलाई कम गर्ने विषयमा के कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ भन्ने बारेमा पनि उनीहरूका बीचमा कुराकानी भएको थियो। सगरमाथा संवादमा सहभागिताका लागि भारतीय मन्त्री यादव बिहीबार काठमाडौं आइपुगेका थिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.