रुसविरुद्ध लडिरहेका अष्ट्रेलियाका पुरुषलाई जेल सजाय
रुससँगको युद्धमा युक्रेनको पक्षबाट लडिरहेका एक अष्ट्रेलियाली व्यक्तिलाई रुसी सेनाले पक्राउ गरेको छ।
रुसी-नियुक्त अभियोजकहरूले अष्ट्रेलियाली पुरुषलाई १३ वर्षको जेल सजाय सुनाइएको बताए। उनलाई रुसको उच्च सुरक्षा जेलमा राखिनेछ।
३३ वर्षीय ओस्कर जेनकिन्सलाई शुक्रबार रुसी नियन्त्रित अदालतले पूर्वी युक्रेनमा 'भाडाका सैनिक' को रूपमा लडाएको आरोपमा दोषी ठहर गरेको छ।
जेनकिन्स मेलबर्नका एक शिक्षक हुन् जसलाई गत वर्ष डिसेम्बरमा लुहान्स्क क्षेत्रमा पक्राउ गरिएको थियो।
अभियोजकहरूले ओस्कर जेनकिन्स फेब्रुअरी २०२४ मा युक्रेन आइपुगेका जनाएका छन्।
रुसी सैनिकविरुद्धको सैन्य कारबाहीमा भाग लिएबापत उनलाई हरेक महिना ६ लाखदेखि ८ लाख रुबलसम्म भुक्तानी गरिएको आरोप लगाइएको छ।
प्रतिक्रिया दिनुहोस !
३