विश्वप्रकाशको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद

विश्वप्रकाशको संयोजनमा सगरमाथा बेसक्याम्पमा विशेष संवाद
सुन्नुहोस्

काठमाडौं : कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजनमा आज सगरमाथा बेसक्याम्पमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयमा विशेष संवाद भएको छ।

शर्माको निमन्त्रणामा गृहमन्त्री रमेश लेखक र पर्यटन मन्त्री बद्री पाण्डे सगरमाथामा बेसक्याम्प पुगेका थिए। ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पालाई सम्मान गरेर सुरु गरिएको संवादमा सरकारले तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने १६ बुँदे कार्यहरूबारे स्थानीयका तर्फबाट आरोही बाबु शेर्पाले वाचन गरेका थिए।

महामन्त्री शर्माले आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन्। 

गृहमन्त्री लेखकले अहिलेको सरकार जलवायु परिवर्तन र हिमाली जीवनको मुद्दामा गम्भीर ढंगले कार्य गर्न समर्पित रहेको बताए। पर्यटन मन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रको समग्र विकास गर्न दिइएका १६ बुँदाको कार्यान्वयनमा आफू विशेष सक्रियता साथ लाग्ने प्रतिबद्धता व्यक्त गरे। 

शर्माले बेसक्याम्पमा सञ्चार टावर, भरियाको बिमा, सुरक्षा युनिट जस्ता विषयमा सरकारले अविलम्ब ध्यान दिनुपर्नेमा जोड दिए। कार्बन उत्सर्जन बढी गर्ने ठुला राष्ट्रहरूमाथि दबाब बढाउन साना राष्ट्रहरूको नेतृत्व नेपालले गर्नुपर्ने उनले बताए।

कार्यक्रममा कीर्तिमानी आरोही कामिरिता शेर्पां, डा. आशिष पौडेल, मिङमा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे लगायतले सगरमाथा क्षेत्रले भोग्दै आएको संकट समाधान गर्न सरकारले विशेष योजना बनाउनु पर्नेमा ध्यानाकर्षण गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.