कांग्रेसले भन्यो– माओवादीसँग गठबन्धन गरेर जाने सम्भावना छैन

समान ढंगले बजेटको वितरण हुनुपर्ने कांग्रेस सांसदहरूको सुझाव

कांग्रेसले भन्यो– माओवादीसँग गठबन्धन गरेर जाने सम्भावना छैन

काठमाडौं : नेपाली कांग्रेसका सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्। संसद् भवन नयाँ बानेश्वरमा शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सांसदहरूले सरकार एकतर्फी ढंगले अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। 

कांग्रेस सांसदहरूले गभर्नर लगायतका विभिन्न नियुक्ति बिनाकारण अड्काएर राखेको समेत बताएका थिए। बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका थिए। 

बैठकमा गभर्नरको विषय, बजेटको क्षेत्रगत रूपमा सन्तुलित वितरण लगायतका विषयमा छलफल भएको कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए। संयुक्त सरकारमा कांग्रेसको पोजिसनका विषयमा पनि सांसदहरूले कुरा राखेको उनले बताए। उनले प्राविधिक कारणले गभर्नर नियुक्तिमा ढिलाइ भएको भन्दै एमालेले कांग्रेसलाई दिन नचाहेको भन्ने सत्य नभएको उल्लेख गरे।

प्रमुख सचेतक घिमिरेले पार्टी सभापतिले माओवादी नेताहरूसँग छलफल गर्नु सामान्य भएको भन्दै माओवादीसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको स्पष्ट पारे। सरकार परिवर्तनको कुनै सोच र योजना कांग्रेसले नराखेको उनको भनाइ छ।  

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले ठुला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरु यथेष्ट सुनिएन कि भन्ने चिन्ता सांसदहरूको रहेको बताए। उनले कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेको उनले जानकारी दिए।  

महतले प्रचण्ड र सभापतिबीचको कुराकानी सामान्य विषय भएको र यसमा सरकार परिवर्तनको कुनै गुञ्जायस नरहेको जिकिर गरे। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.