आईपीएल : बैंगलोरमा वर्षा जारी, सबैको नजर विराट कोहलीमा
काठमाडौं : भारत र पाकिस्तान बीचको तनाव र सैन्य टकरावका कारण स्थगित गरिएको आईपीएल शनिबार रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) र कोलकाता नाइट राइडर्स (केकेआर ) बीचको खेलसँगै पुनः सुरु हुँदैछ। आज हुने आरसीबी र केकेआरबीचको खेलमा सबैको नजर टेस्ट क्रिकेटबाट सन्न्यास लिएका विराट कोहलीमा हुनेछ।
तर बेंगलुरुको मौसममा भने खराब रहेको छ। शुक्रबार र शनिबार बेंगलुरुमा पानी परेको छ।
अहिले पनि पानी परिरहेको छ। पिचमा कभरहरू राखिएका छन्। खेल हेर्न फ्यानहरू कोहलीको नाम लेखिएको जर्सी लगाएर आएका छन्।
प्रतिक्रिया दिनुहोस !