मेक्सिकन नौसेनाको जहाज न्यूयोर्कको ब्रुकलिन ब्रिजमा ठोक्कियो
न्यूयोर्क : अमेरिकास्थित न्यूयोर्क शहरको ब्रुकलिन ब्रिजमा मेक्सिकन नौसेना प्रशिक्षण जहाज ठोक्किएको छ। ब्रिजमा ठोक्किएपछि जहाजमा क्षति पुगेको बीबीसी समाचारमा उल्लेख छ। यो जहाज त्यहाँ विशेष कार्यक्रमको लागि गएको थियो।
शनिबार साँझ जहाज यस पुलमुनिबाट गुज्रिरहेको बेला विशाल मस्तूल (जहाजमा रहेको अग्लो खम्बा) पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ।
ठोक्किएपछि जहाजको मस्तूलको केही भाग भाँचिएर जहाजमा खसेको थियो। अमेरिकी मिडियाले उक्त दुर्घटनामा धेरै जना घाइते भएको रिपोर्ट गरेको छ।
न्यूयोर्क शहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताएको छ। एजेन्सीले घटनाको अन्य विवरण भने दिएको छैन।
घटनाको अनुसन्धान भइरहेको उल्लेख छ।
प्रतिक्रिया दिनुहोस !