इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता, दुवै पक्षले राखे यस्ता सर्त

इजरायल र हमासबीच युद्धविरामका लागि वार्ता, दुवै पक्षले राखे यस्ता सर्त
फाइल तस्बिर।
सुन्नुहोस्

इजरायल र हमासबीच शनिबार गाजामा युद्धविरामको विषयमा नयाँ वार्ता सुरु भएको छ। वार्तापछि हमासले नयाँ युद्धविराम सम्झौताको एक भागको रूपमा थप इजरायली बन्धकहरूलाई रिहा गर्नुपर्ने प्रस्ताव गरेको छ।

इजरायली सेनाले गाजा पट्टीमा नयाँ र ठूला आक्रमण सुरु गरेको केही घण्टापछि दुई पक्षबीच कुराकानी सुरु भएको थियो।

एक प्यालेस्टिनी अधिकारीले वार्तामा हमासले ६० दिने युद्धविराम र इजरायल प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा नौ इजरायली बन्धकलाई रिहा गर्न सहमत भएको छ।

नयाँ सम्झौतामा राहत सामग्री बोकेका ४०० ट्रक गाजा प्रवेश गर्न अनुमति दिने भएको छ। त्यस्तै सम्झौतामा गाजाबाट बिरामी मानिसहरूलाई बाहिर निकाल्न पनि अनुमति दिइएको छ।

बदलामा इजरायलले हमाससँग बाँकी रहेका सबै बन्धकहरूको जीवित रहेको प्रमाण र उनीहरूको बारेमा सबै जानकारी उपलब्ध गराउन माग गरेको छ।

यो चरणको युद्धविराम वार्ता कतार र अमेरिकाका मध्यस्थकर्ता मार्फत दोहामा भइरहेको छ। यो कुराकानी शनिबार दिउँसो सुरु भएको हो।

इजरायलले प्रस्तावित सम्झौताको बारेमा सार्वजनिक रूपमा प्रतिक्रिया दिएको छैन। वार्ता अघि उसले गाजाबाट आफ्नो सेना फिर्ता नगर्ने वा युद्ध अन्त्य गर्ने कुनै वाचा नगर्ने बताएको थियो। बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.