बालेन लक्षित प्रधानमन्त्रीको टिप्पणी- आउँदैनन् भने नाम काट्नुहोला

बालेन लक्षित प्रधानमन्त्रीको टिप्पणी- आउँदैनन् भने नाम काट्नुहोला
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा सहभागी नभएको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)प्रति आपत्ति जनाएका छन्। सिंहदरवारमा सोमबार बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले सहभागी हुने नहुने विषयमा सोधीखोजी गर्न निर्देशन दिए।

कहिल्यै नआउने व्यक्तिको नाम राखिरहने प्रवृत्ति हटाउनुपर्ने प्रधानमन्त्रीको भनाइ छ। 'केही मान्छेलाई हामीले हरेक पटक बोलाउँछौं। तर, कहिल्यै देखा पर्दैनन्। पद ओहोदाकै कारण नामचाहिँ सधैं टाँस्नुपर्ने? मानका लागि मान राख्ने चलन छोड्नुपर्छ कि क्या हो,' प्रधानमन्त्री ओलीले बालेन लक्षित टिप्पणी गर्दै भने।

उनले गणतन्त्रको महत्त्व नहुनेहरूको नाम झुन्ड्याउन आवश्यक नरहेको बताए। 'कसैलाई कुनै अर्थ छैन। कुनै महत्त्व छैन। अनि वास्तै नहुनेको नाम सधैं झुन्ड्याइरहने? नगरे पनि हुन्छ। कि तपाइँहरुले सोध्नुस्। आउने हो कि होइन। रुची छ कि छैन,' उनले थपे।

प्रधानमन्त्रीको भनाइपछि सरकारका मुख्य सचिव एकनारायण अर्यालले प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा बोलाएका मान्छे आउनुपर्ने कर्तव्य भएको बताए। तर, उपस्थित नभएकै कारण सोध्न गाह्रो हुने उनको भनाइ छ। 'सम्माननीयज्युले चेयर गरेको कार्यक्रममा बोलाएको मान्छे आउने कर्तव्य हो। उहाँको जिम्मेवारीभित्र पर्ने विषय पनि हो। अब सोध्न पनि गाह्रो। जिल्ला बाहिर भए त एउटा विषय भयो। फर्मल मिटिङमा चाहिँ आउनुपर्छ भन्ने हामीले मान्यता राख्छौं। अर्को कुरा, सम्माननीयज्यु बस्दाबस्दै उठेर जाने प्रवृत्ति पनि नराम्रो हो,' उनले भने।

त्यसपछि प्रधानमन्त्री ओलीले रेकर्ड हेरेर आउने हो कि होइन सोध्न निर्देशन दिए। 'हरेक पटक इतिहासचाहिँ बनिरहने। नाम चाहिँ छापिरहने। पवित्र नाम पढिरहन पर्ने,' उनले भने, 'आउने होइन, आउन सक्दिन हो भने नाम नराख्नुहोला।'

सधैं बोलाउनुपर्ने बाध्यता हटाउनुपर्ने उनको भनाइ छ। 'हाइलेभल कमिटीमा सहभागिताका लागि निमन्त्रणा गर्ने। तर, एकपटकको कुरा होइन, दुई पटक, तीन पटकसम्म पनि आएन भने पद नै जान्छ। जसलाई न चाड, न पर्व, न केही, न केही। कुनै वास्ता नभएको। अनि सधैं बोलाउनुपर्ने। हामीलाई बाध्यता हुने अनि आउन पर्ने मान्छे नआइदिने। यस्तो हुँदैन,' प्रधानमन्त्रीले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.