अमेरिकामा अब अरुको अनुमतिबिना तस्विर पोस्ट गर्नु अपराध

ट्रम्पले गरे कानूनमा हस्ताक्षर

अमेरिकामा अब अरुको अनुमतिबिना तस्विर पोस्ट गर्नु अपराध
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार टेक इट डाउन एक्टमा हस्ताक्षर गरेका छन्। यसमा अब कसैको पनि निजी तस्बिर वा भिडियोहरू उनीहरूको सहमति बिना अनलाइनमा राख्न नपाइने जनाइएको छ। त्यसो गरिए अपराध मानिने छ। 

यो कानून बदला लिने पोर्न र एआई-उत्पन्न डीपफेक तस्बिरहरूको बढ्दो घटनाहरूलाई रोक्नको लागि ल्याइएको हो।

यस कानून अन्तर्गत यदि कुनै व्यक्तिले जानाजानी कसैको निजी फोटो वा भिडियो उनीहरूको अनुमति बिना साझा गर्नुलाई अपराध मानिनेछ। साथै सामाजिक सञ्जाल प्लेटफर्म र वेबसाइटहरूले ४८ घण्टाभित्र त्यस्ता सामग्री हटाउनुपर्ने र यसको डुप्लिकेट प्रतिलिपिहरू पनि खोजी गरी हटाउनुपर्ने जनाइएको छ।

यो कानून पारित गराउन प्रथम महिला मेलानिया ट्रम्पले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। मार्चमा उनले यस कानूनको पक्षमा पैरवी गर्न कांग्रेसका सदस्यहरूलाई भेटेकी थिइन्। विधेयकले सिनेट र हाउस दुवैमा भारी समर्थन प्राप्त गर्यो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.