एकताबारे रञ्जिता भन्छिन्- रेशम चौधरी र सीके राउत आ-आफ्नो पार्टीको कार्यक्रममा व्यस्त हुनुहुन्छ

एकताबारे रञ्जिता भन्छिन्- रेशम चौधरी र सीके राउत आ-आफ्नो पार्टीको कार्यक्रममा व्यस्त हुनुहुन्छ
सुन्नुहोस्

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संरक्षक रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच छलफल भएपछिमात्रै एकता प्रक्रिया अघि बढ्ने बताएकी छन्। 

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले रेशम चौधरी र सीके राउत आ-आफ्नै पार्टीका कार्यक्रममा व्यस्त रहेकाले छलफल हुन नसकेको भन्दै दुई नेताबीच छलफल भएपछि मात्रै एकता प्रक्रिया अघि बढ्ने बताइन्। 

एकताका विषयमा दुई पार्टीबीच कुनै विवाद नरहेको उनको भनाइ छ। उनले पार्टी एकतापछि चौधरी संरक्षक, राउत अध्यक्ष र आफु सह-अध्यक्षको भूमिकामा रहने यसअघि नै सहमति भइरहको उल्लेख गरे। उनले वैशाख १७ गते रेशम चौधरी पक्राउको घटना र आफ्नो स्वास्थ्य अवस्थाले पनि एकतामा केही ढिलाइ भएको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.