जर्मनीको ह्याम्बर्गमा चक्कु आक्रमण, १७ जना घाइते
उत्तरी जर्मनीको ह्याम्बर्ग सेन्ट्रल स्टेशनमा शुक्रबार एक महिलाले चक्कु आक्रमण गर्दा १७ जना घाइते भएका छन्। यस आक्रमणमा धेरै जना गम्भीर घाइते भएका छन्।
ह्याम्बर्ग अग्नि नियन्त्रण विभागले आक्रमणमा १७ जना घाइते भएको बताएको छ भने प्रहरीले घटनामा घाइते भएकाहरूको यकिन तथ्याङ्क नभएको जनाएको छ।
ह्याम्बर्ग प्रहरीले घटनास्थलबाटै ३९ वर्षीया जर्मन महिलालाई पक्राउ गरेको छ।
घाइतेहरुको अवस्था सामान्य रहेको जनाइएको छ।
सामाजिक सञ्जाल X मा पोस्ट गर्दै ह्याम्बर्ग प्रहरीले धेरै मानिसहरू घाइते भएको बताएको छ। प्रहरीले संदिग्ध व्यक्तिले एक्लै यो काम गरेको र उनको कुनै 'राजनीतिक उद्देश्य' नभएको बताएको छ।
प्रतिक्रिया दिनुहोस !
३