सुनको मूल्य बढ्यो, चाँदीको स्थिर
काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य बढेको छ। आइतबार सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।
यसअघि शुक्रबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ४०० रुपैयाँ तोकिएको थियो।
यसैबीच आज चाँदीको मूल्य भने स्थिर रहेको छ। शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएकोमा आज पनि सोही मूल्यमा खरिदबिक्री भइरहेको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !