कम्बोडियामा मेरो ३२ अर्ब भएको हल्ला फैलाउने प्रचण्ड हुन्, अनि उनका पछि लाग्ने माधव र झलनाथ : ओली (भिडियो)

कम्बोडियामा मेरो ३२ अर्ब भएको हल्ला फैलाउने प्रचण्ड हुन्, अनि उनका पछि लाग्ने माधव र झलनाथ : ओली (भिडियो)

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा आफ्नो ३२ अर्ब भएको हल्ला फैलाउने नेकपा माओवादी अध्यक्ष पुष्ककमल दाहाल भएको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव कुमार नेपाल र झलनाथ खनाल दाहालको पछि लागेको आरोप लगाए।

'कम्बोडियामा केपी ओलीको ३२ अर्ब भएको हल्ला फिँजाउने प्रचण्ड हुन्। अरु कोहो होइन। त्यसका पछाडि कुद्ने माधव नेपाल र झलनाथ खनाल हुन्। ३२ अर्ब यो गरिब देशबाट मैले लगेर राख्थें? बैंकमा होइन, त्यो पनि टेलिकममा? टेलिकममा त हिसाब किताब ट्रान्सपरेन्ट हुन्छ। गएर क-कसो लगानी छ भनेर सोध्यो भने तत्काल बताउँछ त। अब त्यहाँको खोलेको कम्पनी नै मेरो भन्दिने हो भने, त्यहाँका मान्छे नै सबै मेरा हुन् भन्दिने हो भने, त्यहाँको सरकार नै मेरो हो भन्दिने हो भने त के लाग्छ,' उनले भने।

प्रधानमन्त्री ओलीले प्रचण्ड, माधव र झलनाथहरुले नै नेकपा विभाजन गरेको र दुई तिहाइको सरकार ढालेको आरोप लगाए। 'तिनै मान्छे जसले कम्युनिस्ट सरकार ढाले। दुई तिहाई पुगेको पार्टी चकनाचुर पारे। १३-१४ वर्ष पार्टीको नेतृत्वमा बसेको मान्छे कति बेसरमसँग नेकपा एमालेको नाम लिएर धुलो चटाउँछौं, टर्च बालेर नभेटिने बनाइदिन्छौं। कोही भन्छ भित्तामा लगेर टाँसिदिन्छौं। खत्तमै पारिदिन्छौं। कम कोशिस गरेका होइनन्,' उनले भने।

आफूविरुद्ध मुद्दा हालेर जेल हाल्नेसम्म कोशिस भएको उनको आरोप छ। ओलीले २०६४ सालमा माओवादीले आफ्ना लडाकू क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले आफूहरू पराजित भएको उल्लेख गर्दै अहिले माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.