मंगलबार बस्ने संसद बैठक सामान्य हुने छैन : रास्वपा

मंगलबार बस्ने संसद बैठक सामान्य हुने छैन : रास्वपा
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेश प्रक्रियागत रूपमा त्रुटि रहेको निष्कर्ष निकालेको छ। 

आइतबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समितिको बैठकले लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सर्वोच्चको आदेशलाई कानुनीरूपमा स्वीकार गर्ने भन्दै प्रक्रियागत रूपमा भने त्रुटि रहेको निष्कर्ष निकालेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए।

सर्वोच्चको आदेशमा त्रुटि र कमजोरी भेटिएको भन्दै उनले यस विषयमा सार्वजनिकरूपमा बहस गर्ने उल्लेख गरे। अदालतको आदेशप्रति आफूहरूको सम्मान नै रहेको र त्यसलाई कानुनीरूपमा मान्न तयार रहेको उनले बताए। त्यस्तै बैठकले हालै अध्यागमन विभागमा भएको भ्रष्टाचारले वर्तमान सत्ता गठबन्धनको औचित्य पुष्टि हुँदै गएको ठहर गरेको छ। 

कार्यवाहक प्रवक्ता झाले अरु दलका नेतालाई प्रमाणित नगरेरै थुनामा राख्ने तर पुरानो दललाई थुनामा राख्न प्रमाणित हुनुपर्ने अवस्था देखिएको जिकिर गरे। उनले देशमा सुशासनका लागि आन्दोलनमै जानुपर्ने अवस्थाका बारेमा पनि बैठकमा छलफल भएको जानकारी दिए। 

झाले आगामी संसद बैठकमा रास्वपा विभिन्न विषयमा सशक्तरूपमा प्रस्तुत हुने बताए। मंगलबार बस्ने संसद बैठक सामान्य नहुने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.