कर्मचारी सरुवामा प्रधानमन्त्री कार्यालयको चासो, जथाभाबी सरुवा/पदस्थापन नगर्न निर्देशन

कर्मचारी सरुवामा प्रधानमन्त्री कार्यालयको चासो, जथाभाबी सरुवा/पदस्थापन नगर्न निर्देशन
सुन्नुहोस्

काठमाडौं : सरकारी कर्मचारीहरूको सरुवा/पदस्थापनमा प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। जथाभाबी सरुवा हुने गरेको र कतिपय कर्मचारीहरू जिम्मेवारीविहीन रहेको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको हो।
 
प्रधानमन्त्री कार्यालयले दरबन्दी बिना कुनै पनि कर्मचारीको सरुवा/पदस्थापन नगर्न निर्देशन दिएको स्रोतले जानकारी दिएको छ।  प्रधानमन्त्री कार्यालयले आइतबार मातहतका मन्त्रालयमा परिपत्र जारी गर्दै स्थानीय तह, प्रदेश र संघमा पनि उक्त निर्देशन पालना गर्न भनेको स्रोतको दाबी छ।

त्यस्तै विभिन्न मन्त्रालय तथा निकायमा कर्मचारीहरू जिम्मेवारीविहीन रहेकोप्रति पनि प्रधानमन्त्री कार्यालयले गम्भीर चासो लिएको स्रोतले जनाएको छ। 'कतिपय मन्त्रालय र मातहत कार्यालयहरूमा दरबन्दीभन्दा बढी संख्यामा कर्मचारीहरू रहेको, कतिपय कर्मचारीलाई समयमै पदस्थापन नगरी जिम्मेवारीविहीन अवस्थामा राखेको, स्वीकृत दरबन्दी बमोजिम कर्मचारीहरूको पदस्थापन नगरी त्योभन्दा तल्लो पद र श्रेणीका कर्मचारीहरूलाई जिम्मेवारी दिएको सूचना प्रधानमन्त्री कार्यालय पुगेपछि यस्तो निर्देशन आएको हो,' स्रोतले अन्नपूर्णसँग भन्यो।

सोही गुनासोपछि प्रधानमन्त्री कार्यालयले जिम्मेवारीविहीन रहेका कर्मचारीलाई ३ दिनभित्र जिम्मेवारी तोक्न, बिना कारण समय अगावै वा दोहोर्‍याएर एकै ठाउँमा सरुवा/पदस्थापन नगर्न पनि निर्देशन दिएको छ। 

त्यस्तै बजेट निर्माणको समय भएकाले प्रदेश र स्थानीय तहमा कार्यरत कर्मचारीलाई बजेट निर्माणको चरण सम्पन्न नभएसम्म अन्यत्र सरुवा नगर्न पनि निर्देशन दिइएको स्रोतले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.