हुम्लामा ५ हजार ३ मिटर ५० उचाईमा तीनवटा हिमताल भेटिए

हुम्लामा ५ हजार ३ मिटर ५० उचाईमा तीनवटा हिमताल भेटिए
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हुम्ला : नाम्खा गाउँपालिका-६ तिल गाउँको बाढी पहिरोका कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलिले तीनवटा हिमताल भेटिएको जनाएको छ। ५ हजार ३ मिटर ५० उचाईमा बाढी पहिरो अध्ययन गर्न आएको टोलीले तीनवटा हिमताल भेटिएको खानी तथा भू-गर्भ विभागका सिनियर डिभिजनल जिओेलोजिस्ट शिवकुमार बास्कोटले जानकारी दिए।

null

यसअघि दुईवटा हिमताल देखिएको स्थानमा तीनवटा हिमताल भेटिएको अध्ययन टोलीका सदस्य बास्कोटाले बताए।  अध्ययन टोलीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठ, खानी तथा भूगर्भ विभागका सिनियर डिभिजनल जियोलोजिष्ट शिवकुमार बास्कोटा र जल तथा मौसम विज्ञान विभागका हाइड्रोलोजिष्ट सौहाद्र जोशी छन् ।

null

 जेठ १ गते राति एक्कासी बाढी आउँदा नाम्खा गाउँपालिका-६ तिल गाउँमा ठूलो क्षति पुगेको थियो। बाढी पहिरोले  १८ घरपरिवार विस्थापित भएका थिए। हिमालमा रहेका दुईवटा हिम पोखरीबाट बगेको पानीले बाढीको रुप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.