अर्थमन्त्री पौडेललाई नेविसंघको ध्यानाकर्षण पत्र

अर्थमन्त्री पौडेललाई नेविसंघको ध्यानाकर्षण पत्र
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्यार्थी संघले कुल वर्षिक बजेटको न्यूनतम २० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेललाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

सोमबार सिंहदरबारमा अर्थमन्त्री पौडेललाई २५ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै नेविसंघले कुल बजेटको कम्तिमा २० प्रतिशत रकम अनिवार्य रुपमा सार्वजनिक शिक्षा क्षेत्रमा बिनियोजन गर्नुपर्ने माग राखेको हो ।

त्यस्तै विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन यसै आर्थिक वर्षदेखि प्रभावकारी रुपमा लागू हुनेगरी आवश्यक विनियोजन गर्न समेत माग गरिएको नेविसंघका अध्यक्ष दुर्जाङ शेर्पाले जानकारी दिए  । उनले महङ्गी नियन्त्रणको नीति लागू गर्नुपर्ने, विद्यार्थीहरूको जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने वस्तुमा सहुलियत प्रदान गर्ने नीति ल्याउनुपर्नेलगायतका विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए।

नेविसंघले बैदेशिक रोजगारका लागि जानुपर्ने अवस्थाको अन्त्य गर्न ४० वर्ष उमेर समूहका युवा लक्षित अनिवार्य प्राविधिक तालिम सम्बन्धी नीति तर्जुमा गर्दै देशभित्रै रोजगारीको अवसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.