बाजुराको जगन्नाथमा जीप दुर्घटना, टेलिकमका प्रमुखसहित तीनजनाको मृत्यु

बाजुराको जगन्नाथमा जीप दुर्घटना, टेलिकमका प्रमुखसहित तीनजनाको मृत्यु
सुन्नुहोस्

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिका–२ काडाकोटमा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । दुर्घटनामा नेपाल टेलिकम दुरसञ्चार प्राधिकरण बाजुराका प्रमुख लोकबहादुर बिष्ट, जीप चालक कर्ण महत र बडीमालिका नगरपालिका–७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी जनक बोहोराले जानकारी दिए । 

दुर्घटनामा परेर बुढीनन्दा नगरपालिका २ का अन्दाजी २५ वर्षीय नन्दबहादुर तिरुवा र २२ वर्षीय लोकेन्द्र तिरुवा घाइते भएका छन् । उनीहरूको उद्धार गरी तत्कालै कोल्टी आधारभूत अस्पताल लगिएको सूचना अधिकारी बोहोराले बताए । उनीहरूको अवस्था मध्यम रहेको बताइको छ । 

नेपाल टेलिकमअन्तर्गत दुरसञ्चार प्राधिकरणको टोली सवार बा ५ च २२०९ नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.