चितुवाको आक्रमणबाट स्याङ्जामा एकजना घाइते
स्याङ्जा : चितुवाको आक्रमणबाट स्याङ्जाका ४५ वर्षीय मुक्तबहादुर थापा घाइते भएका छन्। उनलाई मंगलबार बिहान चितुवाले आक्रमण गरेको थियो। वालिङ् नगरपालिका – ११ तल्लो पेखुका थापा घर नजिर्के रहेको कुखुराको खोरमा चितुवा पसेको थाहा पाएपछि धपाउन गएका उनलाई चितुवाले आक्रमण गरेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।
चितुवाको आक्रमणबाट थापाको टाउको र बायाँ हातमा चिथोरेर घाउ भएको छ। प्राथमिक स्वास्थ्य केन्द्र वालिङ्मा प्राथमिक उपचारपछि थप उपचारको लागि पोखरा रिफर गरिएको छ।
चितुवाले खोरमा रहेका २ वटा कुखुरा मारेको र २ वटालाई घाइते बनाएको छ।
प्रतिक्रिया दिनुहोस !