लेउतीको बाढीले कोशी राजमार्ग बगायो, तमोर करिडोर पनि अवरुद्ध

लेउतीको बाढीले कोशी राजमार्ग बगायो, तमोर करिडोर पनि अवरुद्ध
तस्बिर : हरिबहादुर लम्जेल

धनकुटा : लेउतीको बाढीले कोशी राजमार्ग बगाएको छ। भारी वर्षापछि लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडक खण्डअन्तर्गत साँगुरीगढी गाउँपालिका-६ फेदी नजिकैको सडक बगाएको हो। 

null

बिहान करिब ५:३० तिर फेदीस्थित लेउती खोलाको बाढीले करिब १०० मिटर सडक कटान गरेपछि उक्त खण्ड दुबैतर्फबाट पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा प्रहरी खटिइसकेको र सम्बन्धित निकायसँग समन्वय गरी सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए।null

त्यस्तै सोही खण्डको नमस्ते झरना छेउमा रुख ढलेर र माथिबाट आएको पहिरोका कारण पुनः सडक अवरुद्ध भएको छ। 

प्रहरीका अनुसार दुबै स्थानमा सडक खुलाउन तत्काल पहल भइरहेको छ तर निरन्तर वर्षाका कारण चुनौती रहेको बताइएको छ। दुबै स्थानमा सडक भत्किएपछि कोशी राजमार्गमा सवारी साधन रोकिएका छन्। 

त्यस्तै तमोर करिडोर पनि अवरुद्ध भएको छ। धनकुटा चौबिसे गापा- ४ निर्माणधिन तमोर करिडोर सडक खण्डको छरुवा खोलामा बाढी आउँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ।nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.